२९ आश्विन २०८३, बिहिबार

अमेरिकी बेरोजगार समस्या मे महिनामा सोह्र वर्ष यताकै सबैभन्दा कम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन (अमेरिका), २० जेठ । संयुक्त राज्य अमेरिकाको बेरोजगारी समस्या गत मे महिनामा विगत १६ वर्ष यताकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको श्रम विभागले शुक्रबार जनाएको छ ।

मे महिनामा रोजगारीका अवसर सिर्जनाको अवस्थामा भने निकै कमी देखिएको छ ।

अमेरिकी अर्थतन्त्र विकासका लागि गत महिनामा एक लाख ३८ हजार नयाँ रोजागरीका अवसर सिर्जना भएको विभागद्वारा सार्वजनिक प्रतिवेदनमा जनाइएको छ । यो अमेरिकी अर्थबजार विश्लेषकद्वारा अपेक्षा गरिएभन्दा निकै कमी हो ।

मेमा बेरोजगारी समस्या झन्डै एक प्रतिशतले तल झर्दै ४.३ प्रतिशत कायम भएको छ । – एएफपी