काठमाडौं, २० जेठ । सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष प्रदान गर्ने इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला भएको छ ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न ल्याबले सन् २०१४ देखि सुरु गरेको इन्ट्याग्रिटी आइडल का लागि यस वर्षको १६ जनवरी २०१७ बाट चार महिनाकालागि मनोनयन खुल्ला गरिएको छ । यहि जेष्ठ ३१ सम्म खुला रहने मनोनयनका लागि आम नागरिकलाई आफुलाई चित्त बुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरिएको छ ।
आफ्नो सेवामा समर्पित इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू कोहि पनि नछुटुन भन्ने उद्देश्यका साथ अघि बढेको यो अभियान, आम नागरिकको अभियान हो । त्यसैले, आफ्नो सेवामा रहेर सेवाग्राहिलाई सहज सेवा प्रवाह गर्न उल्लेखनिय काम गर्न उदाहरणिय भूमिका निर्वाह गर्ने राष्ट्रसेवकलाई आम नागरिकले सम्मानकोलागि मनोनयन गर्न सक्नेछन् ।
इन्ट्याग्रिटी आइडल को आधिकारीक वेवसाईटबाट डाउनलोड गरेर पनि मनोनयन फारम भर्न सकिनेछ अथवा सिधै अनलाइन भरेर पनि पठाउनसकिनेछ । मनोनयन गरीएका फारमहरु मिति २०७४ साल जेष्ठ ३१ गते ईमेल गरी पठाई सक्नुपर्नेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहने निर्णायक मण्डलमा जीवनप्रभा लामा, ट्रान्सपरेन्सी ईन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाह रहनुहुनेछ ।
विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक मण्डलले तयगरेको मापदण्डका आधारमा प्रतिस्पर्धि मध्येबाट अन्तिम पाँचको छनोट गरिने छ । अन्तिम पाँच मध्ये सर्वोत्कृष्ट अर्थात् इन्ट्याग्रीटी आइडलको छनोट भने एसएमएस र वेभसाईटबाट प्राप्त जनताको मतको आधारमा निर्णय गरिने छ । सबै भन्दा बढि मत प्राप्त गर्नेलाई विजेता घोषणा गरिने छ । सम्मान कार्यक्रममा पाँचै जनालाई प्रशंसापत्र र ट्रफी सहित सम्मान गरिने छ ।
जनताप्रति सरकारी अधिकारीलाई उत्तरदायी बनाउने उद्येश्यले यो अभियानको सुरुवात गरिएको थियो । सन् २०१४ मा पाँचथरका तात्कालिन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल इन्ट्याग्रिटि आइडल हुनुभएको थियो भने सन् २०१५ मा गुल्मीका तात्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेल बिजेता हुनुभएको थियो र सन् २०१६ को विजेता शिद्धबाबा उमावि गुल्मीकै शिक्षक डोर विक्रम श्रीष हुनुभएको थियो ।
पालबाट सुरु भएको यो अभियान चौथो संस्करणसम्म आइपुग्दा, लाईबेरिया, पाकिस्तान र मालि लगायतका देशमा विस्तार भैसकेको छ भने ईन्डोनेसिया, नाईजेरीया, अफगानिस्तान र फिलिपिन्स लगायतका देशहरूमा यो कार्यक्रम सुरु हुने प्रकृयामा रहेको छ ।












प्रतिक्रिया