काठमाडौं, २९ असोज । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत लिएको भाषा परीक्षामा ३ हजार ६ सय ३६ परीक्षार्थी उत्तिर्ण भएका छन् ।
भाषा परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक भएको हो । उत्तिर्ण मध्ये औद्योगिक क्षेत्रतर्फ २ हजार ७ सय ६८ र कृषि क्षेत्र अन्तरगत ८ सय ९५ जना रहेका छन् ।
भाषा परीक्षा असोज १० र ११ गते भएको थियो । ६२ हजार ५ सय १४ जनाले आवेदन दिएकोमा ५८ हजार ७ सय ७० भाषा परीक्षा सहभागी भएका थिए ।















प्रतिक्रिया