४ कार्तिक २०८३, बुधबार

गृहमन्त्री गौतम बेइजिङ प्रस्थान, श्रीमती र छोरा निजी खर्चमा गए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev_gautam_uml_201103210_20140312090726काठमाडौं, २९ असोज । उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतम श्रीमती, छोरा र गृहमन्त्रालयका सह–सचिवसहतिको टोली लिएर बुधबार बेइजिङ प्रस्थान गर्नुभएको छ ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उहाँ चीन सरकारको निमन्त्रणमा साताव्यापी भ्रमणका लागि त्यता प्रस्थान गर्नुभएको हो  ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई समेत भेट्ने तयारीमा रहनु भएका गौतमको साथमा शसस्त्र र जनपथका एक–एक जना डीआइजी र निजी सचिव प्रेमलाल लामिछाने पनि  जानु भएको छ ।

प्रेस सल्लाहकार सुवेदीले दिएको जानकारी अनुसार चीनको आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्रीको निमन्त्रणामा गौतमको शिष्टाचार भ्रमण गर्नुभएको हो । उक्त भ्रमणमा कुनै पनि सम्झौता हुने छैन ।

‘भ्रमणका क्रममा दुई देशबीचको सुरक्षा चासो र द्वीपक्षीय हितका विषयमा मात्र कुराकानी हुने छ,’ गौतमलाई उधृत गर्दै सुवेदीले दैनीक नेपाल डटकमसँग भन्नुभयो ।

गौतमकी श्रीमती तुलसा थापा र छोरा हरिशदेव गौतम भने निजी खर्चमा गएको सुवेदीले जानकारी दिनुभयो ।

गौतमले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । गृहमन्त्री गौतम कात्तिक ४ गते स्वदेश फर्किनु हुनेछ ।