
काठमाडौँ, १९ जेठ । भरतपुर महानगरपालिकाको मतगणना विवादबारे निर्वाचन आयोगले केहीबेरमै निर्णय गर्ने भएको छ ।
मतगणना गर्ने कि पुनः मतदानमा जाने भन्ने विषयमा अहिले आयोगको बैठक बसिरहेको छ । आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार, च्यातिएका मतपत्रको संख्या यकिन भइसकेको हुनाले आयोगले आज अन्तिम निर्णय गर्नेछ ।
यसअघि बिहीबार मतगणनास्थलमा हेर्दा ९० वटा मतपत्र च्यातिएको अबस्थामा भेटिएको थियो । आइतबार राति मेयरका उम्मेदवार
देवी ज्ञवाली र रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा चलिरहेका बेला माओवादी प्रतिनिधिहरुले मतपत्र त्यातेका थिए । त्योसँग मतगणना गर्ने कि मतदान भन्नेमा भरतपुरमा तीव्र विवाद देखिएको छ । पटकपटक आयोगको बैठक बसे पनि निर्णय हुन सकेको छैन् ।












प्रतिक्रिया