रोल्पा, १९ जेठ । नेपाली कांग्रेस, रोल्पाले चर्चित गायिका राधिका हमाललाई उम्मेदवार
बनाउने निर्णय गरेको छ ।
चर्चित लोकदोहोरी गायिका राधिका हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको हो ।
कांग्रेसतर्फबाट उम्मेदवार बनेकी हमालले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन् ।
गायिकालाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाउने निर्णय गरेको छ ।















प्रतिक्रिया