१ कार्तिक २०८३, शनिबार

नवलपरासीमा जिप र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २९ असोज । नवलपरासीको सुनवल नगरपालिका ४ मा मंगलवार राती जिप र मोटरसाईकल आपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

लु १ ज २५७२ नम्बरको जिप र विपरित दिशाबाट आईरहेको बा ३८ प ३९२६ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदाँ  २६ वर्षका विजय केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा सवार २८ वर्षका जीवन शाहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईतेलाई अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएको छ भने जिप र चालक प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै नवलपरासीको कावासोती खरकट्ट्टा जंगलमा घाईते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलवार राती करीब १० बजेतिर सडक किनारमा प्रहरीको गस्ति टोलीले घाईते अवस्थामा ति पुरूषलार्इ फेला पारेको थियो ।