काठमाडौँ, १८ जेठ । चितवनस्थित भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विवादका कारण स्थगित भएको मतगणना सूचारु गर्नुपर्ने माग गर्दै नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु र युवा संघ नेपालले आज साँझ राजधानीमा मसाल जुलुस निकालेको छ ।
प्रदर्शनीमार्गमा आरआर क्याम्पसबाट मसाल जुलुस निकाल्दै युवा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी पनि गरेका छन् ।
भरतपुरको मतगणना अबिल्म्ब अगाडि बढाउन माग गर्दै अनेरास्ववियु र युवा संघ नेपालद्वारा संयुक्त रुपमा मसाल जुलुस निकालिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिएका छन ।
माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरमा विगत केही दिनयता मतगणना स्थगित छ ।



















प्रतिक्रिया