कपिलवस्तु, १८ जेठ । कपिलवस्तु जिल्लामा नेपाली कांगेस बुद्धभूमि नगरपालिका १० बाट वडा अध्यक्षका प्रत्यासी एमालेमा प्रवेश गरेका छन् ।
बुधबार धनकौलीमा भएको एक कार्यक्रम कांगेस परित्यागेर कल्लु मुसलमान एमालेमा प्रवेश गरेका हुन् । उनी कांग्रेसका २२ कार्यकर्ता सहित एमाले प्रवेश गरेका छन् ।
एमालेका मेयरका उम्मेदवार रुपेश श्रेष्ठले मधेसको सहयोगले एमाले विजयी हुनेमा विश्वश्त रहेको बताए ।
कार्यक्रममा एमाले जिल्ला सदस्य मेराज खान, युवा संघका जिल्ला सदस्य सन्तोष श्रेष्ठ, एमालेका बुद्धभूमिका मेयर पदका उम्मेदवार रुपेश श्रेष्ठ लगायतले एमाले प्रवेश गरेकाहरूलाई स्वागत गरेका थिए ।















प्रतिक्रिया