१ कार्तिक २०८३, आइतबार

माओवादीको प्रश्न, ‘एमालेको के ताल हो यो ?’

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भरतपुर घटनालाई लिएर एमालेले संसद अवरुद्ध गरेकोमा असन्तुष्टि जनाएका छन् ।

एमालेले बुधबारको संसद बैठक अबरोध गरेपछि श्रेष्ठले एमालेको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् । स्वतन्त्र संवैधानिक आयोगले भरतपुर घटनाको छानबिन गरिरहेका बेला सदन अवरुद्ध गरेर एमालेले गलत गरेको माओवादीको ठहर छ ।

एमालेले संसद अवरुद्ध गरेकोप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता श्रेष्ठले एमालेलाई ‘यो के ताल हो ?’ भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘एमालेको के ताल हो यो ? लोकतन्त्रको कुरा गर्ने, अनि निर्बाचन आयोगले गर्ने कामको निम्ति संसद बैठक अबरुद्द गर्ने । यो पनि हद भयो । जे गरे पनि हुन्छ ?’