प्रकाश डोटेल
स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले अब देशमा हुने जुनसुकै निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने बताएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा ४ सिट रहेको पार्टी दोस्रो पटकको निर्वाचनमा २४ सिट सहित चौथो शक्ति बन्नु त्यसैको संकेत भएको उनले दावी गरे । “झण्ट हेर्दा राप्रपा नेपाल पुरातन जस्तो देखिएपनि आफूहरुले अगाडि सारेको मुद्दा समयसापेक्ष छ ।” महामन्त्री गुरुङ्ले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्याङ्जाको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भने, मुद्दा समयसापेक्ष भएकै कारण राप्रपा नेपाल चौथो शक्ति बनेको हो ।”
२०६२÷०६३ को आन्दोलनमा राजा फाल्ने र हिन्दु राज्य हटाउने मुद्दा थिएन् । महामन्त्री गुरुङ्ले भने, “आफूहरुलाई बुद्धिमान ठानेर जनताले दिएको म्यान्डेट भन्दा दलहरु अगाडी बढेर राजतन्त्र र हिन्दु राज्यको घा“टी निमोठे ।”
“एकताको मियो राजतन्त्रलाई फालेर ठूला दलहरुले संघियताका नाममा राज्यलाई टुक्रा–टुक्रा पार्ने भए ।” उनले भने, “राज्यलाई संघियताका नाममा टुक्राउन खोजेमा नेपाली नागरिक सहित आफू आन्दोलनमा उत्रनुको विकल्प छैन् ।” लोकतान्त्रिक राजा सहितको व्यवस्था नभएसम्म नेपालमा शान्ति नहुने उनको जिकिर थियो ।
नागरिकको मतले राप्रपा नेपाल चौथो शक्ति भएपनि संविधानसभामा गरिएको भेदभाव प्रति आक्रोशित हुदै नेता गुरुङ्ले जनताको मतलाई गरिएको हेलाको हिसाव भविश्यमा देखिने बताए । उनले संविधान निर्माणमा सबै दलको काम कर्तव्य एउटै भएको दावी समेत गरे ।
अधिवेशनका अवसरमा पार्टीका केन्द्रिय सदस्य रामबन्धु रेग्मी, महिला नेतृ सिता थापा, मदनबहादुर कार्की, गुप्तबहादुर मल्ललगायतका वक्ताहरुले राजा फालेर ठूला दलहरुले राज्य व्यवस्थामा दाई‘ हालेको आरोप लगाए ।
जिल्ला सदरमुकाम स्थित सभागृहमा भएको जिल्ला अधिवेशनमा पार्टीका कार्यकर्ताहरुको उल्लेख्य सहभागिता थियो । कार्यकर्ताको सहभागी संख्या जिल्लामा क्रियाशिल ठूला दलहरुको अधिवेशनमा जस्तै देखिएको थियो ।














प्रतिक्रिया