१ कार्तिक २०८३, आइतबार

एमालेको अबको रणनीतिः चुनाव बहिष्कार गर्ने, देउवालाई प्रधानमन्त्री पनि बन्न नदिने

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० जेठ । भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निवाृचन आयोगको निर्णयपछि नेकपा एमालेले आक्रामक रणनीति लिने भएको छ । भरतपुरमा आफूलाई षडयन्त्रपूर्वक पेलिएको भन्दै एमालेले आक्रामक नीति अपनाउन खोजेको हो ।

स्रोतका अनुसार, नेकपा एमालेले १९ नम्बर वडाको मतदान बहिष्कार गर्ने भएको छ भने दोस्रो चरणको चुनावमा पनि भाग नलिने भएको छ । दोस्रो चरणको चुनावी प्रक्रियामा भाग नलिई सडक र सदन तताउने एमालेको रणनीति छ ।

यसैगरी, संसदको अवरोधलाई निरन्तरता दिने एमालेले तयारी गरेको छ । संसदको अबरोध कायमै राखे काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल प्रधानमन्त्री चुनिन पाउने छैनन् ।

यसअघि बुधबारको संसद बैठकमा एमालेले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको थियो ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘नतिजालाई प्रभावित पार्ने गरी जुन काम भएको छ, त्यो गलत हो । जनताको सार्वभौम अधिकारमाथिको बलत्कार हो ।’- उनको भनाइ थियो ।

सांसद पाण्डेले मतगणना सुरु गर्नुको सट्टा अन्यथा निर्णय भए एमालेले आफै विजयी घोषणा गरेका थिए । ‘मतगणना बाहेक हामी अरु मान्दैंनौँ, यदि अन्यथा निर्णय भयो भने हामी आफै विजयी घोषणा गरेर अघि बढ्छौँ ।’ उनको चेतावनी थियो ,-भरतपुरमा यदि अन्यथा ढंगबाट सोच्ने काम भयो भने नेपालभर अब चुनाव हुनेछैन् । निर्वाचन आयोगले ५ बर्षसम्म चुनाव नै गरेर बस्नुपर्छ । सबै ठाउँमा भरतपुर जसरी मतपत्र च्यातिन सक्छ ।’

नेता पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद बैठक अबरुद्ध गर्ने पार्टीको निर्णय पनि सुनाएका थिए ।