९ मंसिर २०८३, बुधबार

कांग्रेसका शीर्ष नेताहरूको बैठक सानेपामा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । स्थानीय तहको दोस्रो निर्वाचनका उम्मेदवार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा स्थानीय तहको दोस्रो निर्वाचनका विषयमा छलफल भइरहेको उच्च स्रोतले जनाएको छ । असार १४ गतेका लागि निर्वाचनको मिति सार्ने सरकारले निर्णय गरेपछि कांग्रेसले आफ्नो बैठक बोलाएको हो ।

मुस्लिमहरूको रमजान पर्व परेकाले निर्वाचन सार्न दवाव परेपछि सरकारले स्थानीय तहको दोस्रो निर्वाचनलाई असार १४ गते पु-याएको छ ।
यसैबीच, बैठकमा मेयर र उपमेयर पदमा कसलाई टिकट दिने भनेर पनि छलफल हुनेछ ।

बैठकमा कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकार र दलहरूसँगको परामर्शहरूका विषयमा पनि छलफल हुनेछ ।