१ कार्तिक २०८३, आइतबार

‘अब ओलीजीलाई घरमै गएर भेट्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रिय सहमतिको सरकार नबन्ने भएको छ ।

सात दिन सकिनु एक दिनअघि राष्ट्रिय सहमतिको सरकार गठनका लागि भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेको छ । नयाँपत्रिका दैनिकले समाचार छापेको छ ।

सत्तारुढ दल माओवादी केन्द्रसहितका साना दल सहभागी बैठकमा नेताहरूले एमालेसँग पनि छलफल गर्न सुझाब दिएका छन् ।

बैठकमा शेरबहादुर देउवाले भने, ‘सहमतिका लागि राष्ट्रपतिले समय दिनुभएपछि मैले छलफलका लागि तपाईंहरूलाई बोलाएको हुँ । संसद् बैठक, राजनीतिक वार्ताको व्यस्तताले समयमै छलफल गर्न सकिएन, तर अहिले पनि ढिलाइ भएको छैन । सहमतिमा अघि बढौँ । ठूलो दलको हिसाबमा कांग्रेसको नेतृत्वलाई सहयोग गर्नुस् । सबै मिलेर अघि बढौँ, संविधान कार्यान्वयन मिलेर गरौँ ।’

एमालेका साथै राजपा अध्यक्षमण्डलका शीर्ष नेतासमेत सहभागी नभएपछि कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीलाई घरमै गएर भेट्ने बताए । ‘मैले उहाँलाई हिजै बैठकमा बोलाएको थिएँ, तर आउनुभएन,’ देउवाले भने, ‘अब उहाँलाई घरमै गएर भेट्छु ।’