बाँके, १३ जेठ । नेपाल सरकारले बाँकेमा रहेका ८ वटा स्थानीय तहका लागि तीन अर्ब २७ करोड रुपियाँ बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७४–७५ को वार्षिक बजेटअनुसार बाँकेको नेपालगन्ज उप–महानगरपालिकामा सबैभन्दा बढी बजेट बिनियोजन गरिएको छ ।
नेपालगञ्जका लागि ६८ करोड २५ लाख ८३ हजार रुपियाँ बजेट बिनियोजन गरिएको छ । यसैगरी कोहलपुर नगरपालिकाका लागि ४२ करोड २८ लाख ८१ हजार रुपियाँ बजेट छुट्टाइएको छ ।
६ वटा गाउँपालिकाका लागि दुई अर्ब १७ करोड २६ लाख रुपियाँ बजेट छुट्टाइएको छ । गाउँपालिकामध्ये खजुरा गाउँपालिकामा सबैभन्दा बढि ३९ करोड ८९ लाख रुपिया बजेट छुट्टाइएको छ ।
यसैगरी जानकी गाउँपालिकामा २६करोड ८७ लाख रुपिया बजेट छ । डुडुवा गाउँपालिकामा २८ करोड ५६ लाख रुपिया बजेट छुट्टाइएको छ ।
नरैनापुर गाउँपालिकामा ३० करोड ९० लाख रुपिया बजेट छुट्टाइएको छ । वैजनाथ गाउँपालिकामा ३६ करोड ६७ लाख रुपिया बजेट छुटइएको छ भने राप्ती–सोनारी गाउँपालिकामा ५४ करोड ३४ लाख रुपिया बजेट छु्टाइएको
छ । सरकारले यसबर्ष राज्यको नयाँ संरचना अनुसार बार्षिक बजेट सिधै स्थानीय तहका लागि बिनियोजन गरेको छ ।
यसबाट अधिकार सम्पन्न स्थानीय तहमा काम गर्न झनै सहज हुने बिश्वास सरकारको छ ।
सरकारले बित्तिय समानीकरण,सशर्त अनुदान,समपुरक अनुदान रविशेष अनुदान शीर्षकमा स्थानीय तहका लागि बजेट विनियोजन गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार, ७४४ वटा स्थानीय तहका लागि कुल बजेट दुई खर्ब ३२ करोड रुपिया बजेट छुट्टाइएको छ ।
अर्थ मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका अनुसार बजेट बिनियोजन गरेको हो ।
















प्रतिक्रिया