चितवन, १६ जेठ । एमालेका महासचिव ईश्वर पोख्रेलले सत्तासँग लोकतन्त्र साट्न खोज्नेहरूविरुद्ध एक्लै लड्ने बताएका छन् ।
एमालेले मंगलबार भरतपुरमा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव पोख्रेलले सत्ताभन्दा लोकतन्त्र महत्वपूर्ण भएको बताए । उनले एमालेलाई घेराबन्दी गर्न खोज्नेहरूविरुद्ध एक्लै लड्ने र जितेर देखाउने बताए ।
गत आइतबार राति माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको विरोध गर्दै महासचिव पोख्रेलले चुनाव हार्ने भएपछि मतपत्र च्यात्दै जाने हो भने देशमा निर्वाचन कहिल्यै पनि नसकिने बताए ।
लोकतन्त्रको क्षतविक्षत अपराध गर्नेहरूसँग एमाले लड्ने भन्दै उनले तत्काल मतगणना सुचारु गर्नुपर्ने बताए । ‘मतगणना नगरी मतदान गर्दै जाने हो भने हार्नेले वितण्डा गर्दै जाने र कहिल्यै पनि देशमा निर्वाचन नसकिने अवस्था आउँछ’, उनले भने ।












प्रतिक्रिया