९ मंसिर २०८३, बुधबार

दोस्रो चरणको निर्वाचन मिति फेरि सर्ने, नयाँ मिति प्रस्ताव

8.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १६ जेठ । मुस्लिम समुदायको रमजान पर्वका कारण दोस्रो चरणको निर्वाचन मिति फेरि पनि प्रभावित हुने देखिएको छ ।

स्रोतका अनुसार निर्वाचन आयोगले जेठ १४ गतेका लागि नयाँ मिति घोषणा गर्ने तयारी गरेको छ । यसअघि मन्त्रिपरिषदले जेठ ३१ गतेको मितिलाई सारेर असार नौ गतेका लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो ।

आयोग निकट स्रोतका अनुसार असार १४ गतेको मितिमा दोस्रो चरणको निर्वाचन गर्ने तयारी भएको हो ।

स्रोतका अनुसार कांग्रेस नेता एवम् गृहमन्त्री विमलेन्द्र निधिले पनि असार १४ को नयाँ मिति प्रस्ताव गरेका छन् ।

असार महिनामा वर्षा सुरु हुने भएकाले त्यसभन्दा अघि नै चुनाव गर्नुपर्ने तर्क केही नेताहरूले गरेका छन् ।

प्रधानमन्त्री दाहाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते गर्नका लागि सकारात्मक रहेको स्रोतको भनाइ छ ।

रमजान पर्वलाई ध्यानमा राखेर मुस्तलिम समुदायले निर्वाचन मितिप्रति आपत्ति जनाएपछि सरकार र आयोग अर्को मितिका लागि तयार भएको दाबी गरिएको छ ।