
काठमाडौँ, १६ जेठ । नेपालभर करिब ७२ जिल्लामा सेवा बिस्तार गरेको यस क्लासिक टेक प्रालिले आफ्ना ग्राहकहरुको निम्ति गुणस्तरिय सेवा सुपथ मुल्यमा उपलब्ध गराउनको लागि सोलिड अफर ल्याएको छ ।
यस अफर अन्तर्गत, नयाँ ईन्टरनेट जडानमा बार्षिक ग्राहकहरुले तीन एमबीपीएस अनलिमिटेड इन्टरनेट मात्र १०९९ रुपैंया प्रति महिनामा पाइने भएको छ । यसैगरी, ६ एमबीपीएस अनलिमिटेड इन्टरनेट १२९९ प्रतिमहिना र १२ एमबीपीएस अनलिमिटे इन्टरनेट मात्र १६९९ रुपैंया प्रतिमहिनामा पाइने कम्पनीले जनाएको छ ।
साथै, अफर अबधिभर वाइफाइ फाइबर डिभाइस र जडान खर्च निशुल्क रहने बताइएको छ । यस लगायत विश्वकै उत्कृष्ट जीपीओएन प्रबिधिमा आधारित फाइबर टू द होम इन्टरनेट सेवामा कनै पनि शेयरिङ रेसियो नलाग्ने बताइएको छ । यो अफर सिमित अबधिको लागि मात्र हुने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया