९ मंसिर २०८३, बुधबार

नयाँ प्रधानमन्त्रीमा पौडेलले गरे देउवालाई प्रस्ताव, एमालेबाट बहिष्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् ।

कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा पौडेलले देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बसेको सर्वदलीय बैठकमा एमालेले बहिष्कार गरे पनि माओवादी केन्द्र, राप्रपा, राजपा नेपालसहितका दलहरू सहभागी थिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूहरूको समर्थन देउवालाई रहेको बताए ।

बैठकमा राप्रपाले सरकार गठनप्रति सहयोग गर्ने सकारात्मक आश्वासन दिएको उच्च स्रोतले जनाएको छ । यद्यपि राप्रपाले कांग्रेस, माओवादी र एमाले मिलेर सरकार बनाएमा भने आफू प्रतिपक्षमा बस्ने जनाएको छ ।

राजपा नेपालले आफूहरूको माग सम्बोधन गर्नुपर्ने अडान राखेको थियो । उसले देउवाप्रति लक्षित गरेर माग जसले सम्बोधन गर्छ उसैलाई समर्थन रहेन संकेत गरेको थियो ।

साना दलहरूले संविधान कार्यान्वयन र सहमतीय राजनीतिलाई अगाडि बढाउन माग गरेका थिए ।