९ मंसिर २०८३, बुधबार

एमालेद्वारा कांग्रेसले बोलाएको सर्वदलीय बैठक बहिष्कार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सहमतीय सरकार गठनका विषयमा बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

कांग्रेसको पहलमा मंगलबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरिएको थियो ।

एमालेले बैठकका लागि आफूहरूलाई आएको पत्रको भाषाप्रति असहमति जनाएको छ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले सरकार गठन भन्ने विषय पत्रमा रहेकाले त्यसप्रति आफूहरूको आपत्ति रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेका हुन् ।

सहमतीय सरकार बनाउन दिएको समयावधि बुधबार सकिदै छ । त्यसपछि बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यसैबीच, आजको सर्वदलीय बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै कांग्रेस नेतृत्वमा बन्ने भनिएको सरकारका विषयमा छलफल भएको एक नेताले बताए ।