९ मंसिर २०८३, बुधबार

चुनाव सरेको भोलिपल्टै भारतीय दूतावास पुगे राजपाका शीर्ष नेताहरू

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । स्थानीय तहको निर्वाचन र नयाँ सरकारलाई लिएर नेपाली राजनीतिकमा तरंग आइरहेका बेला राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू भारतीय राजदूतावास लैनचौर वार्ता गर्न पुगेको खुलासा भएको छ ।

राजपा नेपालका नेताहरू मंगलबार बिहान काठमाडौंका लैनचौरस्थित भारतीय रादूतावासमा राजदूत मनञ्जिभसिंह पुरीसँग भेटवार्ता गर्न पुगेको उच्च स्रोतले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा भाग नलिएर बिभिन्न बखेडा गरिरहेको राजपा नेपाललाई पछिल्लो पटक निर्वाचनमा सहभागी हुन दवाव परिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको अवस्थामा राजपा नेपालका नेताहरू भारतीय दूतावास जानुलाई महत्वका साथ लिइएको छ ।