९ मंसिर २०८३, बुधबार

भरतपुरमा एमालेको विरोध र्‍याली, महासचिव पोख्रेलले सम्वोधन गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिशिर सिंखडा

चितवन १६ जेठ । एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न माग गर्दै आज विरोध र्‍याली गरेको छ ।

नारायणगढको पुल्चोकबाट शुरु भएको र्‍यालीमा एमालेका हजारौँ कार्यकर्ताहरु सहभागी रहेका थिए । सो र्‍याली शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौविसकोठी हुँदै मतगणना स्थल कभर्डहल नजिकै जि.वि.स. अगाडि पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीमा सहभागीहरुले मतगणना स्थल वरपर २४सै घण्टा निगरानी दिने समेत बताएका थिए । सो र्‍यालीमा एमालेका केन्द्रीय सल्लाहकार सदस्य केशवलाल श्रेष्ठ, प्रदेश सदस्य विजय सुवेदी, जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेल, सचिव पार्वती रावललगायत जिल्लाका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

मतपत्र च्यात्नेलाई तत्काल कारवाही र मतगणना सुचारु गर्न माग

विरोध र्‍यालीमा सहभागीले मतगणना स्थलमा रहेका माओवादीका प्रतिनिधि द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई कानूनी कारवाहीको माग गर्दै तत्काल मतगणना थाल्न माग गरेका थिए । ¥यालीमा सहभागीहरुले मतपत्रच्यात्नेलाई कारवाही गर, मतगणना तत्काल सुचारु गर जस्ता नाराहरु लगाएका थिए ।

१२ बजे एमाले महासचिवपोख्रेलले भरतपुरमा सम्वोधन गर्ने 

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा जित्ने सुनिश्चित देखेपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्याते पश्चात मतगणना रोकिएको स्थल नजिकैको गेष्टहाउस चौरमा एमालेले सभा गर्दैछ । अहिले मध्यान्ह हुने सभालाई सम्वोधन गर्न एमालेका महासचिव ईश्वर पोख्रेल आउने कार्यक्रम रहेको छ ।

एमाले मतगणना तत्काल गर्नुपर्ने पक्षमा छ भने नेपाली कांग्रेस र माओवादी केन्द्र भने पुनःनिर्वाचन गर्न दवाव दिँदै आएका छन् । भरतपुरको २९ वडामध्ये १४ वटा वडामा एमाले, १० वटामा नेपाली कांग्रेस र ३ वटा वडामा माओवादी केन्द्र विजयी भएका छन् । २० नं. वडाको गणनापूर्ण रुपमा बाँकी छ भने वडा नं. १९ को मतगणनाको अन्तिम निर्णय आउन बाँकी छ ।

छानविन टोली चितवनमा, के गर्दैछ त ?

निर्वाचन आयोगद्वारा गठितछानविन टोलीले सोमबार साझबाट आफ्नो कामथालेको बताएको छ । टोलीले हिजो बेलुका भरतपुर आई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई भेटी सोधपुछ गरेको छ ।

मतगणना स्थलमा पुगेर मतगणना स्थलको च्यानल गेट बाहिर बाटै घटनाको अनुगमन गरेको छ । टोलीले चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसंग समेत सोधपुछ गरेको छ ।

को–को छन् त टोलीमा ?

निर्वाचन आयोगद्वारा गठित मतपत्र च्यातिएको विषयमा बनेको छानविन टोलीमा सह–न्यायधिवक्ता गीताप्रसाद तिम्सीना संयोजक र सदस्यमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य तथा प्रहरी नायव महानिरीक्षक केदारमानसिं भण्डारी रहेका छन् ।

को हुन् तिम्सिना ?

निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न माओवादी केन्द्रका नेताको आफन्तलाई नेतृत्व दिएर समिति गठन गरेको छ । प्रधानमन्त्री दाहालका सचिवालयमा समेत रहेर काम गरेका माओवादी नेता मातृका तिम्सिनाका भाई गीताप्रसाद तिम्सिनालाई आयोगले भरतपुर घटना छानविनको संयोजक तोकेको हो ।

समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यस बेलासम्म मतगणना रोकिने आयोगको भनाई छ । संयोजक तिम्सिना सर्वोच्च अदालतको निर्णयबाट अयोग्य घोषणाभइ बर्खासत भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्तलोकमान सिंह कार्कीका भित्रिया हुन ।