
काठमाडौं, १६ जेठ । स्थानीय तहको निर्वाचन मिति असार ९ गतेसम्मका लागि सरेसँगै आन्तरिक गृहकार्यमा रहेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक आज पनि बस्दैछ ।
काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बिहान ११ बजेपछि बैठक बस्न लागेको राजपा नेपालका युवा नेता केशव झाले जानकारी दिए ।
‘सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति असार ९ गतेसम्म पुगाएको छ । राजपाले उठाएका मागका विषयमा कसरी सरकार अगाडि बढ्छ यी र यस्तै विषयमा छलफल गर्न बैठक बस्न लागेको हो’, उनले भने ।
सरकारको पछिल्लो निर्णयलाई सकारात्मक रुपमा लिएको राजपा नेपालले चुनावका लागि आन्तरिक तयारी समेत गर्ने बुझिएको छ ।











प्रतिक्रिया