काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अहिले केही समयपछि सुरु हुने बैठकमा स्थानीय तहको निर्वाचन, सरकारको बजेट, राष्ट्रिय सहमतिको सरकारलगायतका विषयमा छलफल हुन सक्नेछ ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको मात्रै सहभागिता रहनेछ ।











प्रतिक्रिया