वाशिंगटन डीसी । एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका (एन्टा)को चौथो सम्मेलन गत मे २६ शनिवार अमेरिकाको न्यूजर्सीमा सम्पन्न भएको छ । सम्मेलनले विजय सिंहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गरेको छ ।
दुई वर्ष कार्यकाल रहने नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा सुबोध मल्लिक, उपाध्यक्षमा अरविन्द सिंह, उपाध्यक्षमा सुभाष कुमार बैठा, सचिवमा इन्द्रदेव साहु, सहसचिवमा जितेन्द्र ठाकुर, कोषाध्यक्षमा मुकेस कर्ण निर्वाचित भएका छन् ।
प्रवक्तामा अपरजिता झा निर्वाचित भएकी छन् । सदस्यहरुमा ओम गोइत, खुस्बु मिश्र, मोहन यादव, रतनेश झा, अर्चना कायस्थ् लगायतका रहेका छन् ।
सम्मेलन एन्टाका सभापति डा चक्रधर मिश्रको सभापतित्वमा भएको थियो ।
















प्रतिक्रिया