९ मंसिर २०८३, बुधबार

नारायणकाजीले भने, ‘भरतपुर घटना किन र कहाँबाट भयो ?’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भरतपुर महानगरपालिकाको मतपत्र च्यातेको घटनाप्रति चित्त दुखाएका छन् ।
नेता श्रेष्ठले सोमबार ट्वीट गर्दै घटना साह्रै दुःखद र भत्र्सनायोग्य भएको बताएका हुन् । उनले घटना किन र कहाँबाट भयो भन्ने प्रश्न गर्दै यस्तो कार्यले लोकतन्त्र नचल्ने आक्रोश व्यक्त गरे ।

सोमबार बिहान १ बजे मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका थिए ।

न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । उनले मतपत्र च्यातेपछि तनाव बढेको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।