
भरतपुर, १५ जेठ । भरतपुरमा महानगरपालिकाको मतगणनास्थलमै मतपत्र च्यातिएपछि नेकपा एमाले चितवनले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
आइतबार मध्यराति मतपत्र च्यातिएर मतगणना अबरुद्ध बनेपछिको उत्पन्न असहज परिस्थितिको बारेमा जानकारी दिन एमालेले पत्रकार सम्मेलन आयोजना गरेको हो । अहिले ९ बजे आयोजना गरिएको पत्रकार सम्मेलन भरतपुरस्थित पार्टी कार्यालयमा हुने बताइएको छ ।
माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित भएको हो । मतगणनास्थलबाट पक्राउ परेका दुई जना माओवादी कार्यकर्ता अहिले पनि प्रहरी हिरासतमा छन् ।











प्रतिक्रिया