बर्लिन (जर्मन), १५ जेठ । जर्मन चान्सलर एन्जेला मर्केलको राजनीतिक गठबन्धन उसको प्रतिस्पर्धिका तुलनामा बलियो देखिएको शनिबार सार्वजनिक सर्वेक्षणले जनाएको छ ।
जर्मनीमा सङ्घीय निर्वाचन हुन केही महिना बाँकी रहँदा आएको यो सर्वेक्षणबाट मर्केलद्वारा नेतृत्व गरेको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) लाई ३८ प्रतिशत मतदाताको सहयोग रहेको जनाएको छ ।
यसैगरी युरोपियन पार्लियामेन्टका पूर्व अध्यक्ष मार्टिन स्कुल्जको दल ‘सोसल डेमोक्रेटिक पार्टी’ (एसपीडी) को पक्षमा मात्रै २५ प्रतिशत जनमत देखिएको छ ।
अर्को दल ‘फ्री डेमोक्रेटिक पार्टी’ (एफडीपी) ग्रीन पार्टी र लेफ्ट एन्ड राइट विङ अल्टरनेटिभ फर जर्मनी (एएफडी) लाई बराबर आठ प्रतिशत समर्थन देखिएको सर्वेक्षणले देखाएको छ ।
जर्मन चान्सलरको प्रत्यक्ष मतदान भएमा मर्केललाई समर्थन गर्ने पक्ष र ५२ प्रतिशत र स्कुल्जको पक्षमा २९ प्रतिशत मात्र हुने अध्ययनले देखाएको छ ।
जर्मनीमा संघीय निर्वाचन यसै वर्षको सेप्टेम्वर २४ मा हुनेगरी मिति तय गरिएको छ । – एएफपी













प्रतिक्रिया