१ कार्तिक २०८३, आइतबार

चितवन प्रहरीले गर्‍यो प्रशंसनीय काम, गाडी तस्करीमा कुख्याती कमाएका ‘दीपु’ पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १५ जेठ । चितवन प्रहरीले चोरीको गाडी र मोटरसाइकलको कारोबार एवम् तस्करी गर्ने गिरोहका मुख्य नाइकेलाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार बिहान ‘दीपु’ भनिने दीपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको स्रोतले जनाएको छ । दीपुको समूह चितवन र आसपासका जिल्लामा गाडी चोरी गर्ने र राजधानीसम्म तस्करीको कार्यमा संलग्न थियो ।

दैनिक नेपाल डटकमले दुई दिन चोरी गाडी तस्करीको जालोका साथै प्रहरी माओवादीसम्म भएको कनेक्सनका विषयमा समाचार छापेको थियो । त्यसको दुई दिनपछि गाडी चोरीका मुख्य नाइके पक्राउ परे पनि उनका सहयोगीहरू भने पक्राउ पर्न सकेका छैनन् ।

चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले आफू आउनासाथ सरुमै चोरीका गाडी कारोबार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउने घोषणा गरेका थिए । तर, एसपी थापा नै गाडी तस्करहरूसँग मिलेको आरोप लागेको थियो ।

चितवन प्रहरी स्रोतका अनुसार एसपी थापाले नै परिचालन गरेका घुमुवा प्रहरीकोसमूहले चोरी गाडीको समूहसँग कमिशन खाँदै आएको थियो । त्यसपछि एसपी थापाको बदनाम भएको थियो ।

तर, अहिले चोरी गाडीको गिरोहलाई पक्राउ गरेपछि प्रहरीको घुमुवाहरूबीच झगडा हुन थालेको छ ।