बेलायत । गत २८ मे २०१६ को दिन बेलायतको अल्डरसटमा तमुधिको आयोजनामा भएको “गोर्खा कप” भेटरेनतर्फ एफसी केन्टले लगातार तेस्रो पटक जितेको छ ।
क्लबको स्थापनाकालदेखि लगातार जित्दै आएको “गोर्खा कप” यस वर्ष भने विषेश रहेको टिम म्यानेजर बुद्धि सुनवार र कोच लोक लिम्बुले जानकारी दिए । प्रतियोगितामा नेपालका राष्ट्रिय फुटबल टिमकोचलाई ल्याइएको थियो ।
भेटेरेनतर्फ ८ टिमले भाग लिएको “गोर्खा कप”मा फाईनलमा ईलाम एफसीका लागि भास्कर राईले १ गोल र गुप्तराज चेम्जोङले १ गोल गरेका थिए । विजेटा टिमले १५ सय पाउण्ड र कप हात पारेको छ ।
“गोर्खा कप” कोर्डिनेटरको भनाई अनुसार ६३ टिमहरूले रजिस्टर गर्न खोजे पनि मेन टिमतर्फ ३२ टिमलाई मात्र सहभागी गराउन सकिने भएकोले पहिलो ३२ टिमहरूलाई मात्र रजिस्टर गरी खेलाईएको खेलमा मंगोलियन भान्जाजले ब्रिगेड बोईजलाई प्यानल्टी सुटआउटमा हराएर मेन टिमको “कप” जितेको हो ।















प्रतिक्रिया