१ कार्तिक २०८३, शनिबार

हिन्दूराज्यको वकालत गर्नु गलत: देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher_Bahadur_Deuba

जनकपुरधाम, २८ असोज । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर हिन्दु राज्यको पक्षमा वकालत गर्नु गलत भएको बताउनुभएको छ ।

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा देउवाले कुनै पनि राज्यको कुनै धर्म नहुने भएकाले हिन्दूराज्यको पक्षमा वकालत गर्नु गलत हो भन्नुभयो ।

उहाँले नयाँ संविधान तोकिएको समयभन्दा पछि आउने दाबी पनि गर्नुभयो । असन्तुष्ट पक्ष जनजाति, मधेसी र माओवादीलाई विश्वासमा लिएरै संविधान जारी हुने देउवाको विश्वास थियो ।

एक प्रश्नको जवाफमा उहाँले राज्य पुनःसंरचनाको लागि नेपाली काँग्रेसबाट आएको दुई प्रस्ताव काँग्रेसको अधिकारिक प्रस्ताव भएको र त्यो उचित रहेको तर्क गर्नुभयो ।
सरकार परिवर्तनबारे सोधिएको एक प्रश्नमा नेता देउवाले कुनै पनि हालतमा सरकार परिवर्तन नहुने धारणा राख्नुभयो ।

उहाँले सिके राउतको मुद्दा अदालतमा रहेकाले यसमा टिप्पणी नगर्नुनै राम्रो हो भन्दै बारा घटनामा सरकारले छानबिन समिति गठन गरिसकेको बताउनुभयो ।