१ कार्तिक २०८३, आइतबार

एमालेबाट निर्वाचित पोखरा महानगर प्रमुखले पदभार सम्हाल्दै बढाए बृद्धभत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ जेठ । पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसीले बृद्धभत्ता बढाएका छन् । नेकपा एमाले पार्टीबाट निर्वाचित जिसीले आइतबार पदभार ग्रहण गर्दै बृद्धभत्ता बढाउनेसहित ३ आदेशमा हस्ताक्षर गरेका छन् ।

उनका तीन निर्णयमा महानगरपालिकाबाट दिइने सेवा प्रवाहलाई १० दिनभित्र प्रभावकारीरुपमा देखिने बनाउने, नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्तामा आगामी आर्थिक वर्षबाट लागू हुने गरी १० प्रतिशत रकम महानगरपालिका कोषबाट थप गरी वितरण गर्ने र महिला हिंसा सम्बन्धि मुद्दामा कार्यालयले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने रहेका छन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै जिसीले चुनावी घोषणापत्रको अक्षरश पालना गर्ने प्रतिबद्धता अनुरुप वृद्ध भत्तामा रकम थप्ने निर्णय गरेको स्पष्ट पारे । महानगरका बेरोजगार युवाको तथ्यांक लिएर सीप हस्तान्तरण कार्यक्रम अघि सार्ने उनको आगामी योजना छ ।

मेयर जिसीसँगै पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले पनि आइतबारै पोखराको न्युरोडस्थित महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।