१ कार्तिक २०८३, शनिबार

कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो, मृतक सबै काठमाडौं निवासी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ असोज । मुग्लिन–नागढुङ्गा सडकखण्डअन्तर्गत चितवनको दारेचोक गाविस वडा नम्बर ९ फिस्लिङमा मंगलबार बिहान कार र ट्रक एकापस ठोक्कि“दा चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा३च ५५१६ नम्बरको कार र विपरीत दिशाबाट जा“दै गरेको ना४ख ४४१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा परी कारमा सवार पाँचजनामध्ये दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौँ लप्सीफेदीका ५२ वर्षीय साधुराम तिवारी, ३५ वर्षीय सरोज तिवारी, ३० वर्षीया ललिता तिवारी र ३५ वर्षीय चालक सिर्जन पोख्रेल रहेका छन् ।

दुर्घटनामा घाइते भएका एकजनाको अवस्था गम्भीर रहेको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।