१ कार्तिक २०८३, आइतबार

कतारमा दुःख पाएका तामाङलाई हवाइ टिकट प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । सार्दीखोला सेवा समाज कतारले रामीसंह् तामाङलाई हवाई टिकट सहयोग गरेको छ ।

कांस्कीको माछापुछ्रे गाउँपालिका– २ सार्दिखोला खैम्राङ स्थाई घर भएका तामाङलाई कतारमा कृयाशील कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ टिकट सहयोग गरेको हो ।

उनी २१ जुलाई २०१७ का दिन हिमालयन एरलाइन्सवाट स्वदेश फर्केका छन् ।

एक वर्ष अगाडि फोरमेन भनी कतार आई पुगेका तामाङलाई कम्पनीले लेवरमा काम गर्न बाध्य बनाएको थियो ।

तामाङलाई विगत केही महिनादेखि कम्पनीले तलब दिएको थिएन । तामाङले अवस्थाता कारण स्वदेश फिर्ती हुन चाहेर पनि कम्पनीमा आग्रह गर्दा बेवास्ता गरेको थियो । घर
जान चाहेमा टिकट आँफै ल्याउनु पर्ने जनाएपछि समाजले उनलाई टिकट उपलब्ध गराइदिएको हो ।