काठमाडौं, १४ जेठ । तीन दलको सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्ताव आइतबार फिर्ता लिने जनाएको छ ।
संसदमा विचाराधीन रहेकै बेला सर्वोच्चले महाभियोग अघि नबढाउन अन्तरिम आदेश दिँदै निलम्वनमा पर्नुभएकी प्रधानन्यायाधीशलाई सोही पदमा काम गर्न आदेश दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
एमालेले सुरुदेखि नै महाभियोगको विरोध जनाए पनि सर्वोच्चको आदेशपछि उक्त प्रस्ताव के गर्ने भन्नेमा स्वयं सत्तापक्ष पनि अलमलमा थियो ।
‘सत्तापक्षले भोलि (आइतबार)सम्म फिर्ता लिने प्रतिबद्धता तीन दलको बैठकमा गरेको हो’, एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भन्नुभयो । महाभियोग प्रस्ताव फिर्ताको प्रक्रियाबारे सत्तापक्षले छलफल भइरहेको जनाएको छ ।












प्रतिक्रिया