१ कार्तिक २०८३, शनिबार

संवाद समितिमा मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका विषयमा सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai2_20120319082241 काठमाडौँ, २८ असोज । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको मंगलबार बसेको बैठकले मौलिक हक र राज्यको निर्देशक सिद्धान्तका केही विषयमा सहमति गरेको छ ।

बैठकले वैज्ञानिक भूउपयोग नीति र भूमिको व्यवस्थापन, कृषिको आधुनिकीकरण र कृषकको हितलाई ध्यानमा राखेर राज्यले वैज्ञानिक भूमिसुधार गर्ने विषयमा सहमति भई राज्यको नीति र दायित्वमा राख्ने निर्णय भएको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रिय आवश्यकताका लागि जमिन प्रयोग गर्दा क्षतिपूर्ति दिएरमात्रै उपयोग गर्ने विषयमा पनि सहमति भएको छ ।

सार्वजनिक हितको निम्ति राज्यले कसैको जग्गा अधिग्रहण गर्दा कानुनमा व्यवस्था भएबमोजिम क्षतिपूर्तिको व्यवस्था गर्ने भन्ने विषयमा पनि बैठकले सहमति गरी मौलिक हकका रुपमा राख्ने सहमति गरेको सभापति भट्टराईले बताउनुभयो ।

यस्तै बैठकमा संविधान निर्माणमा सहमति गर्न बाँकी विषयहरु राज्यको पुनःसंरचना, शासकीय स्वरूप तथा न्याय र निर्वाचन प्रणालीका बारेमा समेत सामान्य छलफल भएको र दिनभरि नै प्रमुख दलसँग सहमतिका लागि प्रयास गरिने बताइएको छ ।