सिड्नी । अष्ट्रेलियामा हालै सम्पन्न भेलाले अन्तर्राष्ट्रिय झापाली समाज गठन गरेको छ । समाजको अध्यक्ष भवाली ओली चयन भएका छन् ।
अध्यक्ष ओलीले फरक कोण र अलग सोँच नै आजको आवश्यकता भएको बताउँदै
अन्तराष्ट्रिय झपाली समाजको जन्म भएको उल्लेख गरे । उनले समय परिस्थिती अनुकूलको संगठन अहिलेको आवश्यकता भएकोले देश बिकासको सन्दर्भमा जिल्लाको सर्बोपरी हितलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय झपाली समाज गठन गरिएको बताए ।
समाजको महासचिबमा अस्ट्रेलियाका रुपराज मैनाली , सचिबमा अमेरिकाका प्रशन्न संग्रौला,कोषाध्याक्षमा लक्जम्बर्गका बालहरी रार्इ प्रवक्तामा हङकङका छत्र सुब्बा तथा मिडिया संयोजकमा एजरायलवाट गणेश गौतम रहेका छन् ।
क्षत्रीय संयोजकमा उत्तर अमेरिकावाट प्रमोद सिटौला, युरोप संयोजकमा बेलायतवाट धनकिरण गुरुङ, मध्यपूर्ववाट ध्रुब संग्रौला (कुमार झापाली) एशिया प्यासिफिकबाट कोरियाका केपी सिटौला र ओसेनियावाट अस्ट्रेलियाका खगेन्द्र सिटौला संयोजकको भूमिकामा रहेका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजले सिड्नीमा आयोजना गरेको घोषणा कार्यक्रममा १८ देशमा झापाली समाजको कार्यसमिति समेत बिस्तार गरेको छ । जसमा अस्ट्रेलियावाट दिनेश पोखरेल र दीपक खनाल सदस्यका रुपमा रहेका छन् ।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, रुपन्देही समाजका राज खनाल, तनहुँ समाजका पीआर अधिकारी, सुदूर पश्चिम समाजका केशव जोशी, म्याग्दी समाजका हरि राम्जाली, लिबलर फ्रेन्ड्स अफ नेपालका संयोजक श्री नापीत, ओएनअफका रमेश पाण्डे, समाजिक अगुवा आङ छिरिङ शेर्पा, पर्यटन प्रतिनिधी स्वतन्त्र प्रताप शाह लगायतले अन्तर्राष्ट्रिय झपाली समाजको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।















प्रतिक्रिया