१ कार्तिक २०८३, आइतबार

रुपन्देही पुगेर उपेन्द्र यादवले यसरी दिए सबैको मन जित्ने अभिव्यक्ति

23.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश के.सी.

भैरहवा, १२ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गोला बारुदभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।

रुपन्देहीको धकधई बजारमा शुक्रबार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै यादवले भने, ‘संसारमा धेरै घटनाले पुष्टि गरिसकेको छ । गोला बारुद र तोपभन्दा ब्यालेट सबैभन्दा शक्तिशाली हुन्छ ।’

अध्यक्ष यादवले दोस्रो चरणको रुपमा जेठ ३१ गते हुने निर्वाचनलाई उपयोग गर्न मतादातालाई आग्रह गर्दै भने, ‘निर्वाचन हुनैपर्छ । किनकी निर्वाचनमा जनताले आफ्नो अभिमत जाहेर गर्न पाउछन् । लोकतन्त्रमा जनताको मत सार्वभौम हुन्छ ।’

अध्यक्ष यादवले चुनाव कुनैपनि हालतमा हुनु पर्ने र त्यसका लागि तयार रहन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

सो अवसरमा प्रदेश समिति रहेकी सांसद सह इन्चार्ज छायादेवी पन्त, पार्टीका केन्द्रीय सदस्य वसीउद्धिन खान, जिल्ला अध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष रामअवतार यादव, जय प्रकाश यादव लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता मञ्जित यादव, सनोज यादव, माओवादीका नेता सतीश उपाध्ययसहित १३ सय जना संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेको जिल्ला सह–इञ्चार्ज रामु यादवले जानकारी दिए ।