१ कार्तिक २०८३, शनिबार

हाइभोल्टेज बिजुलीले एकको मृत्यु, दुई घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिनेश थापा

सिन्धुपाल्चोक, २८ असोज । तीव्र विद्युत प्रवाह (हाइभोल्टेज) ले सिन्धुपाल्चोकमा मंगलबार एक जनाको मृत्यु भएको छ भने करेन्ट लागेर चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठुलोसिरुवारी गाउँ विकास समिति–४ का ६० वर्षीय भिवैसी तामाङ रहेका छन् । बिहान ५ बजे बत्ती निभाउने क्रममा एक्कासी उच्च करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी दिपकराज खरेलले जानकारी दिए ।

त्यस्तै करेन्ट लागेर सोही वडाकी ६२ बर्षीया मञ्जरी तामाङ र ६० वर्षीया चोकमाया तामाङ घाइते भएका छन् । बिहान एक्कासी हाइभोल्टेजले सो वडाका विद्युतीय सामग्रीहरुमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।