३० आश्विन २०८३, शुक्रबार

चितवनको फिस्लिङमा सवारी दुर्घटना, कारमा सवार तीन जनाको घटनास्थलमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २८ असोज ।  चितवनको फिस्लिङमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिङ जाँदै गरेको बा ३ च ५५१६ नम्बरको कार र मुग्लिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४४४१ नम्बरको ट्रक एकआपसमा ठोकिदाँ कारमा सवार पाँच मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

कारमा सवार काठमाडौं लब्सीफेदीका सरोज तिवारी, ललिता तिवारी र कार चालक सृजन पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परी घाइते भएका साधुराम तिवारी र आयुसा तिवारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।