१४ कार्तिक २०८३, शनिबार

काठमाडौंमा एमालेले गर्‍यो कसैले गर्न नसकेको काम, मधेस मूलकी महिला विजयी

25.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । सद्‌भावको सन्देश दिँदै काठमाडौंको तारकेश्वर नगरवासीले मधेसमूलकी एक महिलालाई जनप्रतिनिधि चुनेका छन् ।

यसले मधेस र पहाडीयाबीचको तिक्ततायुक्त होइन, सौहार्दपूर्ण सम्बन्ध छ भन्ने थप पुष्टि भएको छ ।

तारकेश्वर नगरपालिका– ४ का मतदाताले मधेसीमूलकी महिला आशिया ठाकुर विश्वकर्मालाई सदस्यमा जिताएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट दलित महिला सदस्य उम्मेद्वार बनेकी उनी ५८५ मतसहित विजयी भएकी हुन् ।

ठाकुर रौतहटको प्रेमपुरगाइनामा जन्मिएकी हुन् । रौतहटको औरैयाका नगेन्द्रप्रसाद विश्वकर्मासँग ११ वर्षकै उमेरमा विवाह भएपछि उनी काठमाडौं आएकी हुन् ।

विद्युत प्राधिकरणमा काम गर्ने श्रीमानसँगै काठमाडौं आएकी ठाकुर सुरूमा गृहीणी भएर बसिन् । डेरामा बसिरहन झिँजो लागेपछि उनले सिलाई बुनाई सिकिन र स्वेटर, टोपी पञ्जालगायतका सामान बनाउन थालिन् ।