महेन्द्रनगर, ११ जेठ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्ना ग्राहकलाई विमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाको महेन्द्रनगर कञ्चनपुर अन्तर्गत केन्द्र नं. १३७ को सदस्य श्रीमती अमृता दमाईले क्यारिङ ब्यापारको लागी लिएको कर्जा रकम रु ७० हजार भुक्तानी अबधिमै निजको निधन भएपछि बिमाको क्षतिपूर्ति वाफतको रकम तथा क्रिया खर्चसहित रु ७७ हजार रुपैयाँ सदस्यको श्रीमान गंगा दमाईलाई महेन्द्रनगर शाखाका शाखा प्रमुख सूर्य प्रसाद उपाध्यायले एक कार्यक्रमबीच उक्त बिमा रकम हस्तान्तरण गर्नु भएको हो ।
ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उक्त रकमको बिमा गर्ने ब्यबस्था लक्ष्मी लघुवित्तले गरेको छ ।
















प्रतिक्रिया