२९ आश्विन २०८३, बिहिबार

चीन र भारतको उच्च आर्थिक वृद्धिले नेपाललाई दबाब पर्नु स्वभाविकः अर्थ सचिव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

विजय थापा
भर्जिनिया, २८ असोज ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको बार्षिक साधारण सभामा सहभागी हुन् अमेरिका आउनुभएका अर्थ सचिव सुमनप्रसाद शर्माले  चीन र भारतको उच्च आर्थिक वृद्धिले नेपाललाई दबाब पर्नु स्वाभाविक भएको बताउनुभएको छ ।
उहाँले यस्तो अवस्थामा कस्तो दीर्घकालिन रणनीति  तथा योजना तर्जुमा गर्नुपर्ला भन्ने कुरामा सरकार गम्भीर रहेको र यसमा मन्त्रालयले काम गरिरहेको बताउनुभयो  ।
सन् २०२२ सम्म नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा रुपान्तरित गर्ने लक्ष्य सरकारले लिएको पनि उहाँले बताउनुभयो ।

उहाँले दैनिक नेपाल डटकमसँग कुराकानी गर्दै औसतमा दैनिक डेढ अर्व रुपैयाँ नेपाल भित्रिने गरेको भन्दै उहाँले विप्रेषणले राष्ट्रको ठुलो अर्थतन्त्रलाई थेगेको चर्चासमेत गर्नुभयो । उहाँले यसलाई वृद्धि गर्ने कुरामा जोड दिनु पर्ने बताउनुभयो ।

2
बिदेशमा बस्ने नेपालीहरुमा नेपालमा संबिधान बन्छ कि बन्दैन भन्ने कुरामा शंका उपशंका रहेको भन्दै उहाँले त्यस सन्दर्भमा कुटनीतिक जवाफ दिनुभयो । ‘मैले अर्थसचिवको हैसियतमा राजनीतक कुरा गर्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘सामान्य नागरिकका हिसावमा भन्नुपर्दा जुन उत्साह र उमंगले संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भयो त्यस अनुसारले भन्ने हो भने  निर्धारित मितिमै संविधान बन्छ ।

उहाँले पर्यटन ,कृषि र जलश्रोतले नेपालको अर्थ तन्त्रमा आमुल परिवर्तन गर्नेछ भन्दै जलश्रोतको लागि छिमेकि मुलुक भारतलाई अत्यधिक उर्जा आवस्यकता पर्ने भएकोले उर्जाका भोका भएकालाई पुराउन सके नेपालको अर्थतन्त्र बलियो हुने बताउनुभयो  ।

चीन र भारतको आर्थिक सम्वृद्धिसँगै उनीहरुको जीवन शैली उच्च हुदै गएको स्मरण गराउँदै उहाँले विशिष्ट उत्पादन निकाशी गर्ने, अग्र्यानिक उत्पादनमा ध्यान दिनुपर्ने जस्तो कुरामा नेपाल सरकारको पहल हुनुपर्ने बताउनुभयो ।

पारवहन सेवा तथा पारवहन व्यवस्थापनले मुलुकको अर्थ तन्त्रमा परिवर्तन आउने कुरामा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।