लमजुङ, २८ असोज । बडादसैंको पूलपातीको दिन । दसैं मनाउन गाउँचर्फ लम्कनेको भीडभाड निकै बढेको थियो । स्वदेश र विदेशबाट धमाधम आउँदै थिए,सर्बसाधारण । लमजुङको भोटेओडार गाउँ विकास समितिका अर्जुनप्रसाद रेग्मी पनि दसैं मनाउन भारतदेखि आफ्नो गाउँ आए । तर उनको दसैं दसामा परिणत भयो,कहिल्यै दसैं मनाउन नपाउने गरी विदा भए उनी ।
दसैं मनाउन घर आएका नेपाली सेनाका हनुमानध्वज गुल्ममा कार्यरत सैनीक जवान राममणी रेग्मीले उनको इहलीलला नै समाप्त पारिदिए । रामणिको बुबासँगको सम्बन्ध निकै नै चिसिएको थियो । पारिवारिक झमेला अनगिन्ती थिए । ती सबैको हिसाबकिताब गर्दै मदिराको नशामा राममणिले बुबा अर्जुनसँगै चार जनाको एकै चिहान बनाए । घटना घटेको १२ दिनपछि अभियुक्तले बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङले गरेको पत्रकार सम्मेलनमा उनले दिएको बयान सुनेपछि सबैको आङ सिरिंग भयो । उनले प्रतिशोधका कारण बाबुसहित चारै जनाको हत्या गरेको बताएका छन् । उनले ६० वर्षीय बाबु अर्जुनप्रसादसहित उनकी धर्मछोरी ३५ वर्षीय रिना घिमिरे,रीनाका नावालक १२ वर्षका छोरा विकास घिमिरे र अर्जुनकी नावालिका १४ वर्षीय छोरी ज्योती रेग्मीलाई मारेको बयान दिएका छन् । लमजुङको भोटेओडा–५ पिप्लेमा एकै घरका चारजनाको हत्या गर्ने राममणिलाई प्रहरीले सोमबार सार्वजनिक गरेको आजको राजधानी दैनिकमा खबर छ ।
















प्रतिक्रिया