काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएसँगै हालको मन्त्रिपरिषद भंग भएको छ । यो मन्त्रिपरिषद्का एक सदस्य थिए गगन थापा । जो स्वास्थ्यमन्त्रीका पमा ९ महिना पदमा रहेर काम गरे । उनले गरेका कतिपय कामले तल्लो तप्काका ब्यक्तिको स्वास्थ्यसम्म छुनेछन् । मृगौला, क्यान्सर, बाथमुटु, जस्ता कडा रोगको उपचारमा गरेको निर्णयका कारण अव निम्न स्तरको ब्यक्तिले पनि उपचार गर्न सम्भव भएको छ ।
नागरिकसँग हेल्थमा प्रत्यक्ष छुने गरी गरेका कामको ठुलै चाङ बनेको छ । अपाङता भएका ब्यक्तिको निःशुल्क बिमा गर्ने, र औषधीको मुल्यमा ठुलो कटौती गर्ने गरी कामहरु अगाडि बढाएका छन, यी कामहरु सफल भए नागरिकमा स्वस्थ्यमा सुधार गर्ने सफल स्वस्थ्यमन्त्री भनेर चिनिने छन् । भबिष्यमा समेत उनले गरेका नीतिगत निर्णयका कारण स्वस्थ्य क्षेत्रको दिर्घकालिन बिकासको लागि समेत कोशेढुङ्गा हुनेछ।
स्वास्थ्य क्षेत्रका १५ उपलब्धि
१. सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको छ।
२. अस्पतालमा ओपिडी सेवाको समय बढाइएको छ।
३. सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको छ।
४. डाइलाइसिस सेवासँगै बाथ, मुटुरोग, मिर्गौला प्रत्यारोपण निःशुल्क गरिएको छ।
५. महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म बिस्तार गरिएको छ।
६. नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार बिस्तार गरिएको छ।
७. सबै नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन ‘स्वास्थ्य बीमा विधेयक’ र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको ‘राष्ट्रिय स्वास्थ्य विधेयक’ मन्त्रिपरिषदबाट स्वीकृत भई संसदमा पेश हुने चरणमा छ।
८. ‘प्रजनन स्वास्थ्य विधेयक’ अन्तिम चरणमा छ।
९. स्वास्थ्य जनशक्ति, पूर्वाधार र उपकरणलाई एकीकृत रुपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि बढाइएको छ।
१०. सेवाका आधारमा अस्पतालको वर्गीकरण गरी संघीय संरचनाअनुरुप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ्य सेवा र संरचनासहितको मापदण्ड स्वीकृत गरिएको छ।
११. यस वर्षलाई ‘मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको रुपमा मनाइँदै छ।
१२. मुटु, मिर्गौला, क्यान्सर, पार्केन्सन, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया, मस्तिष्कघात, कलेजो, फोक्सो र थाल्सेमियर गरी १२ वटा प्राणघातक रोगहरुको उपचारका लागि एक लाखसम्मको खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ।
१३. सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम कैलाली, बाग्लुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की र म्याग्दीमा सञ्चालन भइरहेको छ र यो कार्यक्रमलाई क्रमशः देशभरी सञ्चालन गरिने व्यवस्था मिलाइएको छ।
१४. नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न सक्ने गरी अस्पताललाई सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ।
१५. वर्षौंदेखि बन्द रहेको नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउन र औषधि उत्पादन सुरु गर्न सकिएको छ।















प्रतिक्रिया