१ कार्तिक २०८३, आइतबार

दोस्रो मैत्रीपूर्ण फुटबल: नेपाल मलेसियासँग पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ ।

मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै यही जेठ ८ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियासँग १–१ गोलको बराबरी खेलेको थियो ।

मलेसियाको जितमा शेरेइलिएन इले पिउसले– २ तथा नरअथिराह ममत र पुटेरीन नोरालिसाले समान एक÷एक गोल गरिन् । यता नेपालका लागि भने कप्तान सजना रानामगरले एक सान्त्वना गोल फर्काइन् । रासस