४ कार्तिक २०८३, बुधबार

नवनिर्वाचित जनप्रतिनिधि भन्छन्– समृद्ध निर्माणका लागि सहकारी उत्तम विकल्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १० जेठ । बागलुङका नवनिर्वाचित जनप्रतिनिधिहरुले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी माध्यम नै उपयुक्त विकल्प भएको बताएका छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले स्थानीय तहमा निर्वाचित संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरुको सम्मानमा बुधवार आयोजना गरेको वधाई तथा शुभकामना कार्यक्रममा जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।

आयातका कारण जनतासंग भएको पूँजि बाहिर गैरहेको भन्दै जनप्रतिनिधिहरुले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमा जोड दिने बताएका छन् ।

सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणलाई प्रभावकारी बनाउन राज्यतहबाटै योजना बन्नु पर्नेमा जोड दिदै उनीहरुले सबै क्षेत्रसंग समन्वय गरेर समाज रुपान्तरणमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनक पौडेल, काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा र बानपा–३ का नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले सहकारी मार्फत समाज रुपान्तरणका लागि सहयोग र समन्वय गर्नका लागि सबैसंग आव्हान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीले जनप्रतिनिधिहरुलाई वधाई ज्ञापन गर्दै तल्लो तहका जनताको समृद्धिको योजना बनाएर अगाडि बढ्न आग्रह गर्नु भएको थियो । उहाँले सहकारीले गाउँ गाउँमा उत्पादन बढाउन, उत्पादित वस्तुको विक्री वितरण गर्न र बचत गर्ने बानीको विकास गरी आर्थिक लगायत सामाजिक रुपान्तरणका क्षेत्रमा गरेको योगदानको कदर गर्दै सहकारी मैत्री नीति नियम बनाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष अञ्जु जिसीको अध्यक्षता, कोषाध्यक्ष अनन्तबहादुर खड्काको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष अम्मरबहादुर थापा काठेखोला गाउँपालिकाको अध्यक्षमा, संस्थाका सचिव प्रेम लामिछाने काँठेखोला गाउँपालिका वडा नंं ७ को वडा अध्यक्षमा तथा शेयर सदस्यहरु जनक पौडेल बागलुङ नगरपालिकाको प्रमुखमा, जीवन आचार्य बानपा २ को वडा अध्यक्षमा, लक्ष्मी बाँस्कोटा बानपा ३ को अध्यक्षमा, ध्रुवबहादुर केसी बानपा ४ को अध्यक्षमा, राजन जिसी बानपा ८ को अध्यक्षमा, ज्ञानेन्द्र गौतम बानपा ११ को अध्यक्षमा तथा शेयर सदस्य युक्तप्रसाद कंडेल काँठेखोला गाउँपालिका वडा नं. ६ को अध्यक्षमा र डम्बर श्रीस गलकोट नगरपालिका वडा नं. ११ को अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

यस्तैै शेयर सदस्यहरु लक्ष्मी बोहोरा बानपा १ को वडा सदस्यमा, शारदा थापा काँठेखोला गाउँपालिका वडा नं. ७ को सदस्यमा र खुम भण्डारी काँठेखोला गाउँपालिका वडा नं. ३ को सदस्यमा निर्वाचित हुनु भएको छ । निर्वाचित भएका मध्ये बानपा ३ का वडा अध्यक्ष बास्कोटा राष्ट्रिय जनमोर्चाबाट, वडा नं. ११ का वडा अध्यक्ष गौतम नेपाली कांग्रेसबाट र अरु सबै नेकपा एमालेकातर्फबाट उमेदवार बनेर विजयी हुनु भएको हो ।

सहकारी मार्फत सञ्चार र आर्थिक विकास भन्ने नाराका साथ स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्नुका साथै वचत तथा ऋण लगायत समाज रुपान्तरणका विभिन्न विषयमा काम गर्दै आइरहेको छ । १२ सय जना शेयर सदस्य, ३ करोड शेयर रकम, ७ करोड वचत र ११ करोड लगानी रहेको आदर्श सञ्चार सहकारीले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यसन विरुद्ध आमाहरु लगायतका कार्यक्रम सञ्चालन गरेर समाज रुपान्तरणमा प्रभावकारी भूमिका खेल्दै आइरहेको छ ।