काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिनबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै रोकेको छ ।
मंगलबार संसदमा सम्बोधन गरेर राजीनामा दिन लागेका प्रधानमन्त्रीलाई एमालेले रोकेको हो । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।
एमाले अध्यक्ष केपी ओलीले मंगलबार पत्रकार सम्मेलन नै गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका थिए ।
एमालेले दोस्रो चरणको निर्वाचनसम्म प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने तर्क गरेको छ । विगतमा माओवादी र एमाले गठबन्धन ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिन नमानेपछि टुटेको थियो ।
त्यसपछि दुई दलबीच तिक्तता बढे पनि हिजोबाट भने एमाले एकाएक माओवादी र त्यसपार्टी अध्यक्ष दाहालको पक्षमा देखिएको हो ।












प्रतिक्रिया