१ कार्तिक २०८३, आइतबार

एमालेका कारण संसद बैठक चल्न सकेन, शीर्ष नेतृत्वबीच वार्ता जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, ९ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसद बैठक चल्न नदिने चेतावनी दिएपछि सहमतिको प्रयास स्वरुप प्रमुख दलहरूका बीच वार्ता चलिरहेको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली, उप–नेता सुवासचन्द्र नेम्वाङसहितका नेताहरूको बार्ता भइरहेको छ । वार्तामा खासै सहमति हुन नसकेको एक नेताले बताए ।

एमालेले स्थानीय तहको संख्या बढाउने निर्णयको विरोध गर्दै प्रधानमन्त्रीसँग चित्तबुझ्दो जवाफ माग गरेको छ ।

प्रधानमन्त्रीले दिएको जवाफ चित्त बुझेन भने सदन चल्न नदिने एमालेको योजना रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आजको संसदमा सम्बोधन गरेर आफूले पदबाट राजीनामा घोषणाको तयारी गरेका छन् । उनले कांग्रेससँग भएको सहमति अनुसार नै पदबाट राजीनामा दिन लागेको नेताहरूको भनाइ छ ।

बिहान एघार बजेका लागि बोलाइएको संसद बैठक पटक–पटक गरेर तीन पटकसम्म सूचना टाँस गरेर सारिदै आइएको छ ।