१४ कार्तिक २०८३, शनिबार

देश जता, उपेन्द्र त्यता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नयाँ शक्ति नेपालसँग तालमेल गरी स्थानीय तहको पहिलो चरणको चुनावमा भाग लिएका उपेन्द्र यादव अहिले मुलुक जता हिँडिरहेको छ, त्यतै तिर जान थालेका छन् ।

अन्य मधेसी दल र संघीय गठबन्धनका कतिपय दलको एकीकरण भई राष्ट्रिय जनता पार्टी गठन भएपछि उनलाई अलग्याइयो । त्यसपछि हठात् संघीय गठबन्धनको नेतृत्वबाट पनि हटाइयो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

चुनावमा भाग लिएको भन्दै उनलाई गलहत्याउने प्रस्ताव फोरमबाट फुटेर सत्ताको स्वाद लिएका राज किशोर यादवले गरेका थिए । हतारमा महन्थ ठाकुरलाई संयोजक बनाएर संघीय गठबन्धन चलाउने कोशिश भयो । तर, उपेन्द्र पनि के कम ? उनले देशले लिएको बटोलाई समातेका छन् । उनी पहिलो चरणको निर्वाचनसँगै दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने भएका छन् । उनको पार्टीले निर्वाचनमा भाग लिने निर्णय नै गरिसकेको छ ।

‘चुनावबाट नै उपलव्धि संस्थागत हुन्छन्, चुनावमा सवै मिलेर सहभागी बनौं भन्ने प्रस्ताव मेरो हो’, उनले भने,‘उपलव्धी संस्थागत गर्नका लागि निर्वाचनमा नजाने भन्ने वच्चाजस्तो कुरा गर्नु हुन्न ।’ अहिले बाबुराम भट्टराईसँग काँध जोडिरहेका उपेन्द्रले जसरी पनि सरकार चुनाव गराउने पक्षमा लागिसकेको र हुने भएपछि चुनावी माहौलमा होमिएका छन् । उपेन्द्रको यो कदमलाई सवैले स्वीकारेका छन् ।